संसदमा रास्वपाको नाराबाजी (तस्विरहरू)

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले गृहमन्त्रीको नियतमाथि शंका भएको बताए।
जारी प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गृहमन्त्रीको नियतमा शंका रहेको जनाउँदै आन्दोलन जारी छ भन्दै नाराबाजी गरेका हुन्।
उनले भने, ‘आफ्नै मन्त्रालयमा के भइरहेको छ भन्ने थाहा छैन भने उ के को मन्त्री ? मानव तस्करीको बारेमा हामीले बोल्नै नपाउने हो । नियतमा शंका छ, हाम्रो आन्दोलन जारी छ ,गृहमन्त्रीले राजीनामा दिनैपर्छ।’
संसदमा रास्वपाले नाराबाजी गरिरहेको छ। गृहमन्त्रीले आफुमाथिको आरोपबारे जवाफ दिइसकेका छन्।
यसअघि अवरोधकैबीच माओवादीका सांसद हितराज पाण्डेलाई बोल्नको लागि समय दिइएको थियो। पाण्डेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपाका प्रवत्ता मनिस झाले आफ्नो पार्टीको धारणा राखेका थिए।
जेठ ३०, २०८२ शुक्रबार १७:५०:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।