रास्वपा र राप्रपाको अवरोधकै बीच भिजिट भिसा प्रकरणमा लागेको आरोपबारे जवाफ दिँदै गृहमन्त्री

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दल रास्वपा र राप्रपाले अवरोध कायम राखेका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संयुक्त रुपमा सदन अवरोध गरिरहेका थिए। यद्यपि, नेकपा माओवादी केन्द्रले सत्तारुढ दलको तर्फबाट नेकपा एमालेसँग समझदारी गरेको छ।
उक्त समझदारी राप्रपा र रास्वपाले मानेको छैन। यसैबीच शुक्रबार अपरान्ह सुरु भएको प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले अवरोध गरिरहेको छ। अवरोधकैबीच माओवादीका सांसद हितराज पाण्डेलाई बोल्नको लागि समय दिइएको छ।
पाण्डेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपाका प्रवत्ता मनिस झाले आफ्नो पार्टीको धारणा राखेका थिए। जारी संसद्मा प्रतिपक्षी रास्वपा र राप्रपाको विरोधका बीच गृहमन्त्री रमेश लेखकले आफुमाथि लागेको आरोप र प्रश्नबारे जवाफ दिँइरहेका छन्।
जेठ ३०, २०८२ शुक्रबार १७:२३:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।