तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य

तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य

काठमाडौं : गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ।

बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छ भने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार १०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ।

गत मङ्गलबार एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु दुई हजार १६५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

जेठ ३०, २०८२ शुक्रबार ११:३७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।