तीनकुने घटना : दुर्गा प्रसाईंसहित सात जना थुनामा, यी ३२ जना १० हजारदेखि एक लाखसम्म धरौटीमा रिहा (सूचीसहित)

तीनकुने घटना : दुर्गा प्रसाईंसहित सात जना थुनामा, यी ३२ जना १० हजारदेखि एक लाखसम्म धरौटीमा रिहा (सूचीसहित)

काठमाडौं : काठमाडौं जिल्ला अदालतले तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ भने ३२ जनालाई धरौटीमा रिहा गरेको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति ढिलोगरी, झण्डै सवा १२ बजेपछि, यो आदेश सुनाएको हो।

अदालतको आदेशअनुसार, मुख्य प्रतिवादी दुर्गा प्रसाईंसहित तारा राजावादी, अनुप राजावादी, सुशील बराल, दण्डपाणि रेग्मी, केशव बस्नेत र कुमार तामाङलाई पुर्पक्षका लागि कारागार चलान गरिने भएको छ।

यद्यपि, क्यान्सर रोगबाट पीडित दुर्गा प्रसाईंलाई भने थुनामै रहे पनि उपचारका लागि अस्पतालमा भर्ना गर्न अदालतले आदेश दिएको छ।

तीनकुने घटनामा पक्राउ परेका अन्य ३२ जना प्रतिवादीलाई भने अदालतले विभिन्न धरौटी रकममा रिहा गर्ने आदेश दिएको छ। उनीहरू धरौटी बुझाएर छुट्नेछन्।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलनका क्रममा झडप भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।

मुद्दामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भने अदालतले उपस्थित नभएको भन्दै फरार प्रतिवादीको सूचीमा राखेको छ र उनीहरूको हकमा यसअघि नै पक्राउ पूर्जी जारी भइसकेको छ।

अदालतको यो आदेश १५५ पन्ना लामो रहेको र यसको लेखनमा दुई दिन लागेको अदालतका कर्मचारीले जानकारी दिएका छन्। आदेश सार्वजनिक हुने समयमा अदालत परिसरमा प्रतिवादीका समर्थक, आफन्त, प्रहरी र सञ्चारकर्मीको भिड लागेको थियो।

पुर्पक्षका लागि थुनामा पठाइएका व्यक्तिहरू

  • दुर्गा प्रसाद प्रसाईँ
  • तारा राजावादी भन्ने सरोज गौतम
  • अनुप राजावादी भन्ने गोकर्ण शाही
  • दण्डपाणि रेग्मी
  • सुशील बराल
  • केशब बस्नेत
  • कुमार तामाङ

 

धरौटीमा रिहा गरिएका व्यक्तिहरु

  • हरिशंकर चौलागाई
  • सन्तोष राजावादी भन्ने सन्तोष कुमार सिलवाल
  • भिम भन्ने हेमराज थारु
  • विष्णुजन बस्नेत भन्ने विष्णु बस्नेत
  • गोपाल मल्ल ठकुरी
  • पशुपति खड्का
  • विष्णु पराजुली
  • पुष्कर खतिवडा
  • भुपेन्द्र राजभण्डारी
  • कुमार बस्नेत
  • अनिल कुमार थापा
  • गोपाल बोहरा भन्ने तारानाथ बोहोरा
  • दानबहादुर न्यौपाने
  • उमेश तामाङ
  • भानुभक्त पौडेल
  • देवी प्रसाद संगौला
  • प्रेम थापा मगर
  • ओम प्रकाश लुईंटेल
  • लेजेन्द्र रायमाझी
  • मनबहादुर काला
  • निरञ्जन कुमार गिरी
  • प्रेमबहादुर श्रेष्ठ
  • रमेश राई
  • दिवश बोगाटी क्षेत्री
  • दिलकुमार श्रेष्ठ
  • कमल कुमार बिष्ट
  • लोकबहादुर बस्नेत
  • दिनेश खड्का
  • अमित शाह
  • सुमन कार्की
  • जितबहादुर श्रेष्ठ
  • मनोजकुमार सापकोटा

जेठ ३०, २०८२ शुक्रबार ०७:१२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।