भ्रष्टाचार गरेको आरोपमा मधेस प्रदेशका सांसद काठमाडौं‌बाट पक्राउ

भ्रष्टाचार गरेको आरोपमा मधेस प्रदेशका सांसद काठमाडौं‌बाट पक्राउ

काठमाडौं : अख्तियार  दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंहलाई पक्राउ गरेको छ। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, सिंहलाई काठमाडौँ महानगरपालिका–१० रत्नराज्य स्कुल नजिकबाट पक्राउ गरिएको हो। 
 
विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई उनीहरुको खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव विनोदकुमार लाल कायस्थमार्फत झिकी बदमासी गरेको पाइएको आयोगले जनाएको छ।
 
सो रकम आफ्नो र श्रीमतीको खातामा राखी भ्रष्टाचार गरेको आयोगको दाबी छ। प्रदेशसभा सदस्य सिंहमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। 

जेठ २९, २०८२ बिहीबार २१:४१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।