एयर इन्डिया विमान दुर्घटना : मृतकका परिवारलाई टाटा समूहले एक करोड क्षतिपूर्ति दिने, घाइतेहरूको उपचार गर्ने

एजेन्सी : एयर इन्डिया विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई टाटा समूहले प्रति परिवार १ करोड भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ।
टाटा समूहका अध्यक्ष नटराजन चन्द्रशेखरनले मृतकका परिवारलाई आर्थिक सहायता प्रदान गर्नुका साथै घाइतेहरूको सम्पूर्ण उपचार खर्च समेत व्यहोर्ने प्रतिवद्धता जनाएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।
उनले घाइतेहरूले आवश्यक सम्पूर्ण सहयोग र उपचार पाउनुपर्नेमा कम्पनी प्रतिबद्ध रहेको स्पष्ट पारे। साथै, टाटा समूहले बीजे मेडिकल कलेजको छात्रावास निर्माणमा समेत सहयोग गर्ने घोषणा गरेको छ।
गुजरातको अहमदाबाद विमानस्थलबाट टेकअफ गरेलगत्तै दुर्घटनामा परेको एयर इन्डियाको जहाजमा सवार २४२ जनामध्ये २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ।
जेठ २९, २०८२ बिहीबार २१:२४:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।