‘निफ्रा ग्रीन इनर्जी बोन्ड’ को बाँडफाँड सम्पन्न, ३.८ गुणा बढी आवेदन

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) द्वारा जारी गरिएको "निफ्रा ग्रीन इनर्जी बोन्ड ६ प्रतिशत - २०८८/८९" को बाँडफाँड सम्पन्न भएको छ।
एनआइएमबि एस क्यापिटलको व्यवस्थापनमा भएको उक्त हरित ऊर्जा ऋणपत्रमा रु. ५ अर्बको लक्ष्य रहेकोमा ३.८ गुणा बढी आवेदन परेको छ।
यस ऋणपत्रमध्ये ६० प्रतिशत संस्थागत र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको थियो। यो नेपालमा पहिलोपटक सार्वजनिक रुपमा जारी गरिएको हरित ऊर्जा ऋणपत्र हो, जसको अवधि ७ वर्ष र ब्याजदर वार्षिक ६ प्रतिशत रहेको छ।
निफ्राले उक्त सफलता प्रति सरोकारवालाहरुलाई धन्यवाद दिँदै, आगामी दिनमा यस्ता नविन र प्रभावकारी परियोजनामा पनि अग्रसर हुने प्रतिबद्धता जनाएको छ।
जेठ २९, २०८२ बिहीबार २०:२९:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।