एयर इन्डिया जहाज दुर्घटना : २०४ जनाको मृत्यु भएको पुष्टि, प्रहरी भन्छ- कोही पनि बाँच्न सफल भए जस्तो छैन

एयर इन्डिया जहाज दुर्घटना : २०४ जनाको मृत्यु भएको पुष्टि, प्रहरी भन्छ- कोही पनि बाँच्न सफल भए जस्तो छैन

एजेन्सी : गुजरातको अहमदाबाद विमानस्थलबाट टेकअफ गरेलगत्तै दुर्घटनामा परेको एयर इन्डियाको जहाजमा सवार २४२ जनामध्ये २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ।

बिहीबार भारतीय समयअनुसार दिउँसो १:३८ बजे लन्डनको गेटविक विमानस्थलका लागि उडेको एयर इन्डियाको विमान टेकअफ गरेलगत्तै दुर्घटनामा परेको हो। बोइङ ७८७-८ ड्रिमलाइनर जहाज अहमदाबादको मेघानी नगर क्षेत्रमा खसेको छ।

प्रहरीले दुर्घटनाग्रस्त क्षेत्रबाट २०४ वटा शव संकलन गरेको भारतीय सञ्चारमाध्यहरूले उल्लेख गरेका छन्। अहमदावाद शहरका प्रहरी आयुक्त जीएस मलिकले एएफपीसँग भने, ‘दुर्घटनामा कोही पनि बाँच्न सफल भएको जस्तो देखिएको छैन।विमान आवासीय र केही कार्यालय भएको क्षेत्रमा खसेकाले हताहत हुनेको सङ्ख्या पनि बढी हुन सक्छ ।’

एयर इन्डियाले जहाजमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र १ क्यानडाली नागरिक सवार रहेको जानकारी दिएको छ। जहाजमा कुल २३० यात्रु र १२ चालक दलका सदस्यहरू रहेका थिए।

गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि यस जहाजमा सवार रहेको पुष्टि भएको छ।

जेठ २९, २०८२ बिहीबार २०:१५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।