नेपालले वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने

नेपालले वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने

काठमाडौं : नेपालले वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने भएको छ। यो बहुप्रतिक्षित सिरिज आगामी सेप्टेम्बर अन्तिम सातामा युएईको सारजाह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ। 

सेप्टेम्बर २७ देखि ३० सम्म हुने यो सिरिजलाई विशेष रुपमा हेरिएको छ। यो सिरिजले विश्वकप छनोटको तयारीका लागि महत्वपूर्ण भूमिका खेल्ने छ।

नेपालले अहिलेसम्म टेस्ट टोलीहरूसँग धेरै अन्तर्राष्ट्रिय खेल खेल्न पाएको छैन। यद्यपि, एसिया कपमा भारत र पाकिस्तानजस्ता ठूला टोलीसँग प्रतिस्पर्धा गरिसकेको छ।

नेपालले टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिका र श्रीलंकासँग पनि खेलिसकेको छ।

जेठ २९, २०८२ बिहीबार १९:१२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।