प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने गरी स्थगित

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने गरी स्थगित
Filephoto

काठमाडौं : प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ। बिहीबार साँझ बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षमा रहेका सांसदहरू उठेर विरोध जनाएपछि स्थगित भएको हो। 

त्यसपछि सभामुख देवराज घिमिरेले आजको बैठक स्थगित गरी जेठ ३० गते शुक्रबार दिउँसो १ बजे बस्ने जानकारी दिए। 

गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय छानबिन समिति गठनलगायत माग गर्दै लामो समयदेखि संसद् अवरुद्ध हुँदै आएको छ।

जेठ २९, २०८२ बिहीबार १९:०१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।