अहमदाबाद विमान दुर्घटना : एयर इन्डियाले भन्यो २ सय ३० मध्य ६१ जना यात्रु विदेशी

एजेन्सी : लण्डन जाँदै गरेको एयर इन्डियाको एक यात्रुबाहक विमान आज गुजरातको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ। विमान अहमदाबादस्थित एक डाक्टरहरूको होस्टलमा खसेको बताइएको छ।
दुर्घटना हादसा शहरको मेघानीनगर क्षेत्रमा एयरपोर्टको नजिकै भएको हो। एयर इन्डियाको बोइङ ७८७-८ ड्रीमलाइनर विमान २ सय ३० जना यात्रु र १२ जना चालक दलका सदस्य गरी कुल २४२ जना सवार थिए।
एयर इन्डियाका अनुसार विमानमा १ सय ६९ जना भारतीय नागरिक, ५३ जना बेलायती, १ जना क्यानाडाली र ७ जना पोर्चुगाली नागरिक रहेका थिए।
विमान खसेको स्थानमा ठूलो क्षति पुगेको छ र स्थानीय त्रसित छन्। उद्दार कार्य अझै जारी छ। यद्यपि हालसम्म दुर्घटनामा परेका यात्रुहरूको विस्तृत अवस्था सार्वजनिक गरिएको छैन।
जेठ २९, २०८२ बिहीबार १६:५६:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।