एकअर्काको पोल खोला खोल गर्दागर्दै तीन दलका तीन नेताहरू नाङ्गिने बाबुरामको दाबी

एकअर्काको पोल खोला खोल गर्दागर्दै तीन दलका तीन नेताहरू नाङ्गिने बाबुरामको दाबी

काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईले पुराना दलहरू विघटन भईरहेको भन्दै आगामी दिनमा ठूलो राजनीतिक उथलपुथल हुने दाबी गरेका छन्। 

उनले तीन दलका तीन नेताहरूको चर्तिकला आगामी दिनमा झन् बढि नाङ्गिदै जाने बताए। बिहिबार काठमाडौंमा नेपाल समाजवादी पार्टीको १० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले अहिले दलहरूले एकअर्काका खुट्टा तानातान र पोल खोला खोल गरिरहेको भन्दै यो क्रम अझ बढेर जाने बताए। 

उनले भने, ‘अहिले जसरी उनीहरुले एकअर्काका खुट्टा तानातान गरेर पोल खोला खोल गरिरहेका छन् आगामी दिनमा त्यो झन् बढ्दै जानेछ र यो मुख्य तीन दलका तीन नेताहरूको चर्तिकला आगामी दिनमा झन् बढि नाङ्गिदैछ ।’ 

उनले यस्तो अवस्थामा बृहत नयाँ वैकल्पिक शक्तिहरूको ध्रुविकरणको प्रक्रिया अगाडि बढेर जाने बताए। 

जेठ २९, २०८२ बिहीबार १६:१६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।