नेपाल टेलिकमको निमित्ति प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त

नेपाल टेलिकमको निमित्ति प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त

काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन्।

जेठ २८ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रीको निर्णयले मास्केलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकेको हो।

यसअघि उनले कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन्।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बीई गरेकी छन्।

२०४९ माघ २५ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी उनले २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिइन्।

२०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी उनले निमित्त प्रबन्ध निर्देशकको पदभार ग्रहण गर्दै विषम परिस्थितिमा सरकारले दिएको जिम्मेवारीलाई सबैको साथ र सहयोग लिएर पूरा गर्ने प्रतिबद्धता जनाइन्।

जेठ २९, २०८२ बिहीबार ११:२३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।