१६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं : गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ।
बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले वृद्धि भएको छ भने चाँदीमा १५ रुपैयाँले गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९२ हजार ९०० कायम भएको छ भने एक तोला चाँदी दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।
गत मङ्गलबार एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु दुई हजार १६५ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३८८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
जेठ २९, २०८२ बिहीबार ११:०१:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।