पोखरामा सीजी हिरोको ‘एक्सट्रयाक’, अफ-रोड राइडिङ अनुभव दिइने

पोखरा : मोटरसाइकल प्रेमी राइडरहरूका लागि सीजी हिरो मोटोकर्पले आफ्नो लोकप्रिय ‘एक्सट्रयाक’इभेन्टको दोस्रो संस्करण पर्यटकीय शहर पोखरामा आयोजना गर्दैछ। डर्ट ट्र्याक र अफ-रोड राइडिङको रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्यका साथ यो इभेन्ट २०८२ जेठ ३१ गते शनिबार पोखराको महेन्द्र गुफा नजिकै हुनेछ।
कम्पनीले पहिलो संस्करण धुलिखेलस्थित ‘डर्ट टेम्पल’मा तीन सयभन्दा बढी राइडरहरूको उत्साहजनक सहभागितामा सम्पन्न गरिसकेको छ।
पोखरामा हुने यस इभेन्टमा सहभागीहरूले हिरोका एडभेन्चर श्रेणीका मोटरसाइकल, विशेषतः एक्सपल्स २०० फोरभी र एक्सपल्स २०० फोरभी प्रो डिजाइन गरिएको विशेष ट्र्याकमा चलाएर आफ्नो अफ-रोड राइडिङ कौशल परीक्षण गर्न सक्नेछन्।
सुरक्षालाई उच्च प्राथमिकता दिइने यस कार्यक्रममा व्यावसायिक मार्शलहरूले राइडरहरूलाई प्रत्यक्ष प्रशिक्षण र निर्देशन दिनेछन्। यसबाट उनीहरूले आफ्नो राइडिङ कला निखार्नुका साथै उपयोगी टिप्सहरू प्राप्त गर्न सक्नेछन्।
बिहान १० बजे सुरू हुने इभेन्टमा सहभागी हुन इच्छुकहरूले हिरो मोटोकर्प नेपालको सोसल मिडिया पेजमार्फत निःशुल्क रजिष्ट्रेसन गर्नुपर्नेछ। सहभागी हुन अनिवार्य रूपमा चालक अनुमतिपत्र (लाइसेन्स) र आवश्यक सुरक्षा सामग्री (सेफ्टी गियर) साथमा लिएर आउनुपर्नेछ।
इभेन्टमा सहभागी हुनेमध्ये अनुभवी राइडरहरूका लागि कम्पनीका तर्फबाट मोटरसाइकल उपलब्ध गराइनेछ। साथै, सहभागी सबैलाई लिमिटेड एडिसन एक्सपल्स ब्रान्डेड जर्सी निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ।
यस इभेन्टको मुख्य उद्देश्य मोटरसाइकल संस्कृति, विशेषगरी एडभेन्चर राइडिङलाई प्रवर्द्धन गर्नु र हिरोका एडभेन्चर मोटरसाइकलहरूको क्षमता तथा प्रविधिको प्रत्यक्ष अनुभव प्रदान गर्नु रहेको कम्पनीले बताएको छ।
जेठ २९, २०८२ बिहीबार १०:५७:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।