मुस्ताङको पेरिस डाँडामा माओवादी केन्द्रको कार्यालय, प्रचण्डले गरे शिलान्यास

मुस्ताङको पेरिस डाँडामा माओवादी केन्द्रको कार्यालय, प्रचण्डले गरे शिलान्यास

मुस्ताङ : जिल्लाको घरपझोङ गाउँपालिका-४ भ्रप्सोस्थित पेरिस डाँडामा माओवादी केन्द्रको पार्टी कार्यालय स्थापना हुने भएको छ।

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्ध परम्पराअनुसार पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन्।

छ कोठाको भवन निर्माण गर्न वारागुङ मुक्तिक्षेत्र-२ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गा दान गरेको माओवादी केन्द्र जिल्ला समन्वय समितिका ‘इञ्चार्ज’ धीरेन्द्र विकले जानकारी दिए।

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पार्टी कार्यालय भवन निर्माणपछि सङ्गठन विस्तारका साथै मुस्ताङीको विकासका चाहनामा भरथेग गर्न सहज हुने विश्वास व्यक्त गरे।

साथै उनले जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

जेठ २९, २०८२ बिहीबार १०:४६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।