रणबीर कपूर र रणवीर सिंहको वैमनश्यताको विषयमा बोले करण जोहर

एजेन्सी : बलिउड अभिनेता रणवीर कपूर र रणवीर सिंहबीच तीतोपनको चर्चा सामाजिक सञ्जालमा अक्सर हुने गर्छ। क्यामेराअगाडि उनीहरू असल साथी देखिए पनि वास्तविक जीवनमा उनीहरूबीच तितोपना वा अहंकारको टकराव रहेको अनुमान गरिन्छ। यसै सन्दर्भमा फिल्म निर्माता तथा निर्देशक करण जोहरले आफ्नो प्रतिक्रिया दिएका छन्।
‘म रणवीर कपूर र रणवीर सिंह दुवैसँग धेरै नजिक छु। उनीहरू एकअर्कालाई राम्ररी बुझ्छन्। जहाँसम्म तीतोपन वा अहंकारक कुरा छ, त्यस्तो केही छैन,’ एक सञ्चारमाध्यमसँग कुरा गर्दै करण जोहरले भने, ‘यस प्रकारको सोच अब पुरानो भइसकेको छ। म यस्तो सोच्दिन र मलाई विश्वास छ कि उनीहरूले पनि यस्तो सोच्दैनन्।’
ए दिल है मुश्किल रिलिज भएपछि रणबीर कपूर आफ्नो घर आएर प्रतिक्रिया दिएको बताएका जोहरले रणवीर सिंहले पनि रकी और रानी की प्रेम कहानी फिल्म हेरेपछि प्रतिक्रिया दिएको बताएका थिए।
उनले अगाडि भनेका छन्, ‘मलाई लाग्छ, हामी पहिले साथी हौं। हामी एकअर्कासँग समय बिताउँछौं, कुरा गर्छौं र हाम्रो व्यक्तिगत जीवन तथा भावनाहरूको बारेमा पनि छलफल गर्छौं।’
रोचक कुरा के छ भने, अभिनेत्री दीपिका पादुकोण यी दुई अभिनेताको सम्बन्धमा एउटा कडी बनेकी छिन्। रणबीर कपूरसँग ब्रेकअप भएपछि दीपिकाले रणवीर सिंहसँग विवाह गरेकी हुन्। संयोगवश, दुवै जोडी अहिले एक-एक सन्तानका आमाबाबु बनेका छन्।
यसैबीच, रणवीर कपूर आजकल नितेश तिवारीको महत्वाकांक्षी प्रोजेक्ट ‘रामायण’मा व्यस्त छन्। यस फिल्ममा उनी भगवान रामको भूमिकामा देखिनेछन्। फिल्ममा ‘केजीएफ’ फेम यश रावणको भूमिकामा हुनेछन् भने साई पल्लवी सीताको भूमिकामा देखिँदैछिन्। फिल्ममा सनी देओल, लारा दत्ता, अरुण गोविल, इन्दिरा कृष्णन, रवि दुबे, कुणाल कपूर र काजल अग्रवाल लगायतका कलाकार पनि महत्त्वपूर्ण भूमिकामा छन्।
जेठ २९, २०८२ बिहीबार ०८:०९:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।