राजदूत रेग्मीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पसमक्ष ओहोदाको प्रमाणपत्र पेश

राजदूत रेग्मीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पसमक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं : अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

वासिङ्टन डी.सी.स्थित राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा बुधबार आयोजित एक समारोहमा राजदूत रेग्मीले सो प्रमाणपत्र पेश गरेको वासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ।

सो अवसरमा राजदूत रेग्मीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री तथा नेपाली जनताका तर्फबाट राष्ट्रपति ट्रम्पको सुस्वास्थ्य र सफल कार्यकालको कामना गरेका थिए।

राजदूत रेग्मीले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गर्दै अमेरिकाले नेपालको सामाजिक र आर्थिक विकासलगायत प्राथमिकताका क्षेत्रमा पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे।

यस अवसरमा राष्ट्रपति ट्रम्पले राजदूत रेग्मीलाई अमेरिकामा स्वागत गर्दै नयाँ जिम्मेवारीका लागि बधाई दिएका थिए। अमेरिकी सरकार दुई देशबीच साझा चासोका विषयमा सहकार्य गर्दै सुमधुर र पारस्परिक सम्बन्धलाई अझ मजबुत बनाउन प्रतिबद्ध रहेको उनले बताए।

जेठ २९, २०८२ बिहीबार ०७:२०:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।