राजा श्रीनिवास मल्लको सिंहासन हेर्ने मन भए पाटन मंगलबजार जानु

राजा श्रीनिवास मल्लको सिंहासन हेर्ने मन भए पाटन मंगलबजार जानु
तस्बिर : नेपाल न्युज बैैक

काठमाडौं : सर्वसाधारणका लागि पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिर अगाडि राजा श्रीनिवास मल्लको सिंहासन राखिएको छ।

ज्या पुन्ही पारेर श्रीनिवासको शाही सिंहासन हरेक वर्ष पाटनको मंगलबजारस्थित सङ्ग्रहालयबाट निकालेर कृष्ण मन्दिर अगाडि सर्वसाधारणको अवलोकनका लागि राख्ने गरिएको केशव नारायण मन्दिरका सहायक पुजारी शिव शर्माले जानकारी दिए।

उनले भने,‘आज जेठ पूर्णिमाको दिन मणि केशव नारायणको वार्षिक स्थापना गरेको दिन हो। वार्षिक स्थापना गरेको दिवस मानेर होम गर्छौ। श्रीनिवासको शाही सिंहासन हरेक वर्ष आजको दिन पाटनको मंगलबजारस्थित सङ्ग्रहालयबाट निकालेर कृष्ण मन्दिर अगाडि सर्वसाधारणको अवलोकनका लागि राख्ने गरेको छ’ उनले भने।

उनको अनुसार आजको दिन राजा सिद्धि नरसिंह मल्लद्वारा रचना गरिएका ३२ ओटा भजनहरू वर्षमा एक पटक मात्र सार्वजनिक रूपमा देखाइन्छ।

जेठ २८, २०८२ बुधबार १९:३५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।