अत्याधिक गर्मीले कोशीको जनजीवन प्रभावित, धमाधम बन्द हुन थाले विद्यालय

इटहरी : कोशी प्रदेशका तराईका जिल्लाहरूमा पछिल्ला दिन अत्यधिक गर्मी बढेपछि इटहरी लगायत प्रदेशका विभिन्न पालिकाले विद्यालय बन्दको निर्णय गरेका छन्।
तापक्रम ३९ डिग्री सेल्सियससम्म पुगेपछि बालबालिकाको स्वास्थ्यमा असर पर्ने भन्दै स्थानीय तहहरूले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।
विराटनगर महानगरपालिकाले सूचना जारी गरेर आज (२८ गते) सहित २९ र ३० गते विद्यालय बन्द गर्न निर्देशन दिएको छ।
इटहरी उपमहानगरपालिकाले समेत ३० गतेसम्म बिदा कायम गरेको छ। सुनसरीको इनरुवा नगरपालिका र झापाको कमल गाउँपालिकाका विद्यालय समेत बन्द गर्ने निर्णय भएको छ।
कोशी प्रदेशका तराईका जिल्लाहरूमा पछिल्ला केही दिनदेखि लगातार गर्मी बढिरहेको छ। मौसममा हावा नचल्ने र आकाश खुलेकै अवस्थामा तापक्रम उच्च हुने क्रम जारी रहेकाले सर्वसाधारणको दैनिकीसमेत प्रभावित भएको छ।
जेठ २८, २०८२ बुधबार १९:१८:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।