झापामा तीन जना मृत भेटिए

बनियानी : झापाका तीन स्थानमा तीन जना मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान अर्जुनधारा-४ मदनपुर जलाधर सडक, बिर्तामोड-२ फूलबारी टोल र अर्जुनधारा-११ नयाँबस्तीमा शव भेटिएका हुन्।
अर्जुनधारा-४ मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड-२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेका छ जनाइएको छ।
तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।
जेठ २८, २०८२ बुधबार १०:३१:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।