हिमालयन बैंकको दुधपोखरी शाखा सञ्चालनमा

हिमालयन बैंकको दुधपोखरी शाखा सञ्चालनमा

लमजुङ : हिमालयन बैंक लिमिटेडले गौडा शाखालाई दुधपोखरी गाउँपालिका, वडा नं. ५, जोर्ने, लमजुङमा सारेको छ। यो शाखाले जेठ २५ गतेदेखि दुधपोखरी शाखाको रूपमा सेवा सुरु गरेको छ।

दुधपोखरी गाउँपालिकाका अध्यक्ष श्री धन बहादुर गुरुङले बैंकका कर्मचारीहरू र अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा शाखाको उद्घाटन गरेका थिए।

हाल हिमालयन बैंकले देशभरि फैलिएका १७४ शाखा कार्यालयहरू, २० विस्तार काउन्टरहरू, २८६ एटीएम बुथहरू, ८,००० भन्दा बढी पीओएस टर्मिनलहरू र १५,००० भन्दा बढी रेमिट्यान्स भुक्तानी काउन्टरहरूमार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको बैंकका जनसम्पर्क अधिकृत शितल कोइरालाले जानकारी दिए। 
 

जेठ २७, २०८२ मंगलबार २१:०९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।