एएफसी एसियन कप छनोट अन्तर्गतको खेलमा नेपाल लाओससँग पराजित

काठमाडौं : एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले लाओससँग २–१ गोल अन्तरले पराजित भएको छ। लाओ स्टेडियममा मंगलबार भएको खेलमा नेपाली टिमको प्रदर्शन कमजोर देखियो।
लाओसविरुद्ध अन्तर्राष्ट्रिय फुटबलमा नेपाल पराजित भएको यो पहिलो पटक हो। यसअघि दुई देशबीचका छ खेलमा नेपाल अपराजित थियो।
दमोथ थोङखामसभाटले १३औं मिनेटमा गोलको खाता खोलेर लाओसलाई अग्रता दिलाए। खेलको ४९औं मिनेटमा पिटर फाङथाभोङले दोस्रो गोल थप्दै घरेलु टिमको अग्रता दोब्बर बनाए।
नेपालका लागि मनीष डाँगीले ७३औं मिनेटमा पेनाल्टीबाट एक गोल फर्काए, तर त्यो हार टार्न पर्याप्त रहेन।
जेठ २७, २०८२ मंगलबार २०:२३:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।