नेपालले नेदरल्याण्ड्सलाई दियो २ सय ३७ रनको लक्ष्य

नेपालले नेदरल्याण्ड्सलाई दियो २ सय ३७ रनको लक्ष्य

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्ड्सलाई २ सय ३७ रनको लक्ष्य दिएको छ। 

आरिफ शेखको शानदार अर्धसतकिय (८४ रन) पारीको बलमा नेपालले नेदरल्याण्ड्स सामु २ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

डुनेडीनमा मंगलबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्न आएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनायो। 

नेपालका लागि सर्वाधिक रन बनाउने आरिफ शेखले ८५ बल खेलेर ८४ रन बनाए। उनले आफ्नो पारीमा ७ चौका र २ छक्का प्रहार गरे।

नेपालका लागि भीम सार्की र कप्तान रोहित पौडेलले समान ३५-३५ रन बनाए। त्यसैगरी कुशल भुर्तेलले १८ र दिपेन्द्रसिंह ऐरीले १६ रन जोडे।

जेठ २७, २०८२ मंगलबार १९:५७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।