सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस

सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं : न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि तीन जना व्यक्तिको नाम सिफारिस गरेको छ।
 
मंगलबार बसेको न्याय परिषद्को बैठकले यो निर्णय गरेको हो। सिफारिस हुनेमा बरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा रहेका छन्। 
परिषद्ले तीनै जनाको नाम संसदीय सुनुवाइका लागि पठाइसकेको छ। संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट न्यायाधीशको रूपमा औपचारिक नियुक्ति हुनेछ।

जेठ २७, २०८२ मंगलबार १८:४४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।