सञ्चारमन्त्रालय कार्यसम्पादनको हिसाबले जोखिममा छ : सचिव अर्याल

सञ्चारमन्त्रालय कार्यसम्पादनको हिसाबले जोखिममा छ : सचिव अर्याल

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले मन्त्रालयको कार्यसम्पादनमै समस्या देखिएको बताएकी छिन्।

मंगलबार काठमाडौंमा आयोजित योग प्रशिक्षण कार्यक्रममा बोल्दै उनले मन्त्रालय अन्तर्गतका केही कार्यालयले वर्षौंदेखि काम गर्न नसकेको स्थिति अझै सुधार नहुँदा कार्यसम्पादन नै जोखिममा परेको खुलासा गरिन्।

‘सञ्चार मन्त्रालय कार्यसम्पादनको हिसाबले अलिकति होइन, राम्रै जोखिमको अवस्थामा छ,’ सचिव अर्यालले भनिन्, ‘विगत केही वर्षदेखि केही कार्यालयले हरेक हिसाबले काम गर्न नसक्ने अवस्था आएको थियो, अहिले पनि त्यही असर केही ठाउँमा देखिएको छ।’

कार्यक्रममा योगको महत्वसमेत उल्लेख गर्दै उनले योगले मानिसलाई आफू भित्रकै सम्बन्ध बुझ्न सघाउने बताइन्।

‘हामी अरू सबैलाई चिन्छौं, तर आफूलाई चिन्न छोड्छौं,’ उनले भनिन्, ‘हाम्रो सम्पर्क बाहिरी दुनियाँसँग त राम्रो हुन्छ, तर आफूभित्रको कनेक्टिभिटी कमजोर हुन्छ। त्यसलाई जोड्ने काम योगले गर्छ।’

जेठ २७, २०८२ मंगलबार १८:२३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।