नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी रविन मानन्धरलाई

काठमाडौं : नेपाल टेलिकमले प्रवक्ताको जिम्मेवारी वरिष्ठ अधिकृत रविन मानन्धरलाई दिएको छ।
कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत मानन्धरलाई टेलिकमले आधिकारिक रुपमा प्रवक्ताका रूपमा तोकेको हो।
सह-प्रवक्ता नवीन कुमार मिश्रद्वारा जारी प्रेस नोट अनुसार, सञ्चारकर्मी र अन्य सरोकारवालाहरूले अबदेखि टेलिकम सम्बन्धी जानकारीको लागि मानन्धरसँग सम्पर्क गर्न सक्नेछन्।
अबदेखि कम्पनीका नीति, योजना र सूचनाहरूको आधिकारिक धारणा प्रवक्ता मानन्धरले सार्वजनिक गर्नेछन्।
जेठ २७, २०८२ मंगलबार १६:३८:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।