‘मेरो मृत्युको बारेमा कुरा गरेकोमा धन्यवाद’

‘मेरो मृत्युको बारेमा कुरा गरेकोमा धन्यवाद’

एजेन्सी : सामाजिक सञ्जालमा आफ्ना पोस्टहरूका कारण सधैँ चर्चामा रहने बलिउड अभिनेता अमिताभ बच्चनले हालै उमेरलाई लिएर अश्लील मजाक गर्ने एक ट्रोलरलाई कडा जवाफ दिएका छन्।

अमिताभले सोमबार राति अबेर आफ्नो आधिकारिक एक्स ह्यान्डलमा एउटा पोस्ट सेयर गर्दै लेखे- ‘ग्याजेटहरू टुट्छन्, तर उमेर लामो उमेर रहिरहन्छ।’

उनको यो पोस्टमा रमन नामका एक प्रयोगकर्ताले टिप्पणी गर्दै लेखे, ‘समयमै सुत्नुहोस्, नत्र उमेर पनि टिक्दैन।’

यस टिप्पणीमा अमिताभले जवाफ दिँदै लेखेका छन्, ‘मेरो मृत्युको बारेमा कुरा गर्नुभएकोमा धन्यवाद। भगवानले आशीर्वाद दिऊन्।’

त्यसैगरी, अर्का एक प्रयोगकर्ताले ‘शहेनशाह, अँध्यारो रातमा किन जागराम हुनुहुन्छ? सुत्न जानुस्, तपाईं बुढो हुँदै गइरहनुभएको छ’ भन्दै टिप्पणी गरेका थिए। यसमा पनि अमिताभ बच्चनले ट्रोलरलाई ‘एक दिन तिमी पनि बुढो हुनेछौ’ भन्दै जवाफ फर्काएका छन्।

अमिताभ बच्चनले यी टिप्पणीहरूको जवाफ दिए पनि केही समयपछि उनले ती पोस्टहरू डिलिट गरेका थिए। उनको राति अबेरसम्म सक्रिय रहने बानीलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रायः उनलाई चाँडै सुत्न सुझाव दिइरहेका हुन्छन्।

अमिताभ बच्चन पछिल्लो समय सन् २०२४ को फिल्म ‘कल्की २८९८ एडी’मा देखिएका थिए। आगामी दिनमा उनी ‘कल्की २८९८ एडी पार्ट २’, ‘ब्रह्मास्त्र २’, ‘रामायण’ र ‘जामित’ लगायतका फिल्ममा देखिनेछन्।

जेठ २७, २०८२ मंगलबार १४:१२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।