सुनको मूल्य घट्दा चाँदीको बढ्यो

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

काठमाडौं : साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घट्दा चाँदीको बढेको छ।

सोमबारको तुलनामा मंगलबार सुन तोलामा ६ सय रुपैयाँ घट्दा चाँदीमा तोलामा १५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ९० हजार रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ९० हजार छ सय रुपैयाँ थियो।

आज चाँदी तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार हुँदा हिजो दुई हजार एक सय ५० रुपैयाँ थियो।

जेठ २७, २०८२ मंगलबार ११:१०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।