लस एन्जलसमा प्रदर्शन दबाउन थप दुई हजार नेशलन गार्ड परिचालन

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार लस एन्जलसमा भइरहेको प्रदर्शनलाई दबाउन थप दुई हजार नेशनल गार्ड सेना तैनाथ गर्ने आदेश दिएका छन्।
पेन्टागनका प्रमुख प्रवक्ता शन पार्नेलले थप दुई हजार नेशनल राष्ट्रिय गार्ड सेना लस एन्जलस पठाइँदै गरेको बताए।
‘राष्ट्रपतिको आदेशमा, रक्षा विभागले आप्रवासन र भन्सार प्रवर्तनलाई सहयोग गर्न र संघीय कानून प्रवर्तन अधिकारीहरूलाई सुरक्षित रूपमा आफ्नो काम गर्न मद्दत गर्न थप दुई हजार क्यालिफोर्निया नेशनल गार्ड सेनालाई ड्युटीमा बोलाएको छ’, उनले भने।
यसअघि आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी विरोध प्रदर्शनहरूलाई रोक्न लस एन्जलसमा दुई हजार नेशल गार्ड सेना तैनाथ गर्ने आदेश दिएका थिए। अब लस एन्जलसमा चार हजार नेशनल गार्डहरू तैनाथ गरिएका छन्।
अमेरिकी अध्यागमन एजेन्सीले अवैध आप्रवासीहरूमाथि गरेको छापा मार्ने विरोधमा क्यालिफोर्नियाको लस एन्जलस शहरमा लगातार चार दिनदेखि विरोध प्रदर्शन भइरहेको छ।
जेठ २७, २०८२ मंगलबार १०:४४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।