आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं : आईसीसी विश्वकप लिग-टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।
आजको खेल स्कटल्याण्डको डन्डीमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरू हुनेछ। सिरिजमा नेपालको यो चौथो तथा अन्तिम खेल हो।
सिरिजको सुरुवाती २ खेलमा जितेको नेपालले पछिल्लो खेलमा स्कटल्याण्डसँग २ रनको हार बेहोरेको थियो। त्यो खेलमा नेपालले ३ सय २४ रनको लक्ष्य पछ्याएको थियो।
८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो। सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउनेछ। पुच्छारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ।
नेपाल १५ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ। नेदरल्याण्ड्स २२ खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ। लिग टु का खेलहरू सकिएपछि असार १ गते यीनै तीन टोलीको सहभागितामा त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ।
जेठ २७, २०८२ मंगलबार ०९:१२:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।