४० लागिन् सोनम : यौन उत्पीडनको सिकार बनिन्, ऐश्वर्यालाई ‘आन्टी’ भन्दा विवाद

काठमाडौं : बलिउडकी स्टाइलिश अभिनेत्री तथा स्टार अनिल कपूरकी छोरी सोनम कपूरले आज आफ्नो ४० औं जन्मदिन मनाउँदैछिन्। फिल्म उद्योगमा आफ्नो छुट्टै पहिचान बनाएकी सोनम आफ्नो स्पष्टवादिता र केही व्यक्तिगत भोगाइहरूका कारण बेलाबेलामा चर्चामा रहन्छिन्।
सोनम आफ्नो फ्याट्ट बोलिहाल्ने बानीले प्राय विवादमा आउँछिन्। कहिले नातावादको मुद्दामा त कहिले यौन उत्पीडन जस्ता विषयमा खुलेर बोल्ने बानीका कारण उनी प्रायः आलोचनाको शिकार पनि हुने गर्छिन्।
१६ वर्षको उमेरमा सोनमलाई पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम भएको थियो, जसका कारण उनको तौल बढ्यो र हर्मोनल समस्या देखियो। यसका कारण मानिसहरूले उनलाई ‘अनिल कपूरकी छोरी’ भन्दै मोटोपनको खिल्ली उडाएका थिए। १७ वर्षको उमेरमा उनलाई मधुमेह पनि देखिएको थियो।
सुरूमा उनले यसलाई वंशाणुगत ठानेर बुबालाई दोष दिए पनि पछि यो हर्मोनल असन्तुलन र खानपानका कारण भएको थाहा पाइन्। यो कठिन समयमा उनले अभिनेत्री काजोलबाट प्रेरणा लिएको बताएकी छिन्।
ठूला स्टारकी छोरी भएर पनि सोनमले प्रारम्भिक दिनमा संघर्ष गरेकी छिन्। दश कक्षापछि पढ्न सिंगापुर गएका बेला पकेट मनी कम हुने हुँदा उनले केही दिन मेक्सिकन रेस्टुरेन्टमा वेटरको कामसमेत गरेको खुलासा गरेकी छिन्। यस्तै, अभिनयमा आउनुअघि उनी फेसन डिजाइनरहरूबाट लुगा उधारो लिएर लगाउने गर्थिन्।
सम्बन्ध र विवाह
फिल्म उद्योगमा आउनुअघि आफ्नो तौलका कारण प्रेमीले मजाक उडाएपछि उनले सम्बन्ध तोडेको बताएकी छिन्। फिल्म ‘सावरिया’ को समयमा रणबीर कपूरसँग उनको निकटताको खबर आएको थियो।
रणबीरसँगको ब्रेकअपपछि उनको नाम निर्देशक पुनित मल्होत्रा र व्यवसायी साहिर बेरीसँग पनि जोडिएको थियो। अन्ततः उनले व्यवसायी आनन्द आहुजासँग ८ मे २०१८ मा विवाह गरिन् र २२ अगस्ट २०२२ मा छोरा वायुलाई जन्म दिइन्।
ऐश्वर्यालाई ‘आन्टी’ भन्दा विवाद
सन् २००९ मा एक अन्तर्वार्तामा ऐश्वर्या राय बच्चनलाई ‘आन्टी’ भन्दा उनी ठूलो विवादमा फसेकी थिइन्। उनले ऐश्वर्याले आफ्नो बुबा अनिल कपूरसँग काम गरेकाले स्वाभाविक रूपमा त्यसो भनेको भन्दै पछि स्पष्टीकरण दिएकी थिइन्।
जेठ २७, २०८२ मंगलबार ०८:०९:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।