अत्यधिक गर्मीका कारण बेलौरीका विद्यालय दुई दिन बन्द

अत्यधिक गर्मीका कारण बेलौरीका विद्यालय दुई दिन बन्द

कञ्चनपुर : बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेका कारण नगरभित्रका विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

गर्मीले शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै आज (जेठ २७ गते) र भोलि बिदा दिइएको हो।

नगरप्रमुख पोतिलाल चौधरीले नगरप्रमुखस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको जानकारी दिए। उनका अनुसार, नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा दिइएको यो गर्मी बिदालाई बर्खे बिदाबाट मिलान गरिनेछ।

अत्यधिक गर्मीका कारण सर्वसाधारणको जनजीवन पनि प्रभावित भएको छ। दिउँसोको समयमा बाह्य क्षेत्रमा हिँडडुल गर्न कठिनाई भइरहेको छ भने बजार तथा राजमार्ग क्षेत्रमा सर्वसाधारणको चहलपहल घटेको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार, गर्मी सम्बन्धी स्वास्थ्य समस्या जस्तै रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने र आँखा पाक्ने समस्या लिएर स्वास्थ्य संस्थामा आउने बिरामीको सङ्ख्या बढेको छ।

जेठ २७, २०८२ मंगलबार ०७:२५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।