आँगनमा खेलिरहेका ६ वर्षीय बालकमाथि चितुवाको आक्रमण, अस्पताल लैजादालैजादै मृत्यु

आँगनमा खेलिरहेका ६ वर्षीय बालकमाथि चितुवाको आक्रमण, अस्पताल लैजादालैजादै मृत्यु

तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका-२ कुवादीमा चितुवाको आक्रमणबाट ६ वर्षीय उत्सव गुरुङको ज्यान गएको छ।

उत्सव आँगनमा खेलिरहेको बेला चितुवाले आक्रमण गरेको थियो। गम्भीर घाइते अवस्थामा उनलाई तत्कालै बन्दीपुर अस्पताल पुर्याइएपनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीका अनुसार पछिल्लो समय तनहुँका भानु, बन्दीपुर र आँबुखैरेनी क्षेत्रमा चितुवा आतङ्क बढ्दो छ।

जेठ २६, २०८२ सोमबार २१:४९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।