डा ढकाल र डा श्रेष्ठलाई अतिरिक्त सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं : डा. केशर बहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १२औं तहको अतिरिक्त सचिव पदमा बढुवा भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि रिक्त रहेका दुई १२औं तहका अतिरिक्त सचिव पदमा डा ढकाल र डा श्रेष्ठलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।
बढुवाका लागि गठित समितिले डा ढकाल, डा. श्रेष्ठ र डा. सुधा देवकोटाको नाम सिफारिस गरेको थियो।
तर, सोमबार बसेको मन्त्रिपरिषदको बैठकले तीमध्ये डा. ढकाल र डा. श्रेष्ठलाई अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
जेठ २६, २०८२ सोमबार २१:३९:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।