सरकारले कार्यकर्ता हेरेर बजेट छुट्याएको सांसद चन्द्र भण्डारीको आरोप

काठमाडौं : नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले मुर्खहरूले आफ्नो भोटर हेरेर काम र कुरा गर्ने बताएका छन्।
सोमबार संघीय संसद भवन बाहिर संचारकर्मीहरूसँग बोल्दै उनले मुर्खहरूले आफ्नो भोटर हेरेर काम र कुरा गर्ने गरेको बताएका हुन्।
मुर्खहरूको बाहुलियता भएको ठाँउमा आफ्नो भनाइको कुनै अर्थ नहुने भन्दै उनले रातो किताब ठूला ठूला र करोडौं लगानी भएको योजनाहरू काटेर कार्यकर्ताको अनुहार हेरेर बजेट राखिएको बताए।
उनले भने, ‘सरकारी पैसालाई आफ्नो पार्टी र भातृ संस्थाको लागि प्रयोग गर्यौं भने दुरुपयोग हुन्छ। एउटा नेताले मुलुक र जनता हेरेर काम गर्छ। मुर्खले आफ्नो भोटर हेरेर काम गर्छ र मुर्खहरूको बाहुलीयता भएको ठाउँमा मेरो भनाइको के अर्थ हुन्छ। रातो किताब आएपछि थाहा हुन्छ। ठूला-ठूला र करोडौं लगानी भएको योजनाहरू काटिएका छन्। कार्यकर्ता हेरेर बजेट राखिएको छ।’
यस्तै, उनले सदन बन्द गर्ने ठाउँ नभएको भन्दै नारा जुलुस गर्ने ठाउँ बाहिर भएको बताए।
जेठ २६, २०८२ सोमबार २१:१२:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।