यामाहा नेपालको ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ सम्पन्न, सेल्स प्रोफेशनलहरू सम्मानित

यामाहा नेपालको ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ सम्पन्न, सेल्स प्रोफेशनलहरू सम्मानित

काठमाडौं : यामाहा नेपालले देशभरका डिलर नेटवर्कभित्र कार्यरत बिक्री प्रतिनिधिहरूको क्षमताको पहिचान र सम्मान गर्ने उद्देश्यले आयोजित ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ भव्यताका साथ सम्पन्न गरेको छ।

जेठ २५ मा सम्पन्न यस प्रतिस्पर्धामा देशभरबाट छनोट भएका शीर्ष सेल्स प्रोफेशनलहरूबीच छ वटा मुख्य विधामा आधारित मूल्यांकन गरिएको थियो।

प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै तीन जना सेल्स प्रोफेशनलहरूले उपाधि जिते। विजेता समुन्द्र पंगेनीले ३० हजार नगद जिते। फर्स्ट रनरअप प्रमिला श्रेष्ठले २० हजार नगद जितिन। सेकेन्ड रनरअप विकास रञ्जितकारले १० हजार जिते।

सबै फाइनलिस्टहरूलाई प्रमाणपत्र, ट्रफी र पदक प्रदान गर्दै सम्मान गरिएको थियो। पुरस्कार वितरण समारोहमा एमएडब्लु राइड्सका सीईओ दीपक कुमार अग्रवाल र मानव संसाधन विभाग प्रमुख शम्भु प्रसाद कोइरालाको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै सीईओ अग्रवालले भने, “हाम्रा जनशक्ति नै यामाहा नेपालको सफलताको मेरुदण्ड हुन्। यो प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र होइन, उनीहरूको अनुशासन, जोश र सीपको उत्सव पनि हो।” उनले थपे, “यामाहाले प्रविधि मात्र होइन, निरन्तर सिकाइ र क्षमता विकासमा विश्वास राख्दछ, र एमएडब्लु राइड्स त्यसै अनुसार आफ्ना कर्मचारीमा निरन्तर लगानी गर्दै आइरहेको छ।”

जेठ २६, २०८२ सोमबार २०:०२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।