६१ औं जन्मदिनमा हमालले गरे पुस्तक ‘युगदेखि युगसम्म’को कभर सार्वजनिक

काठमाडौं : अभिनेता राजेश हमालको जीवन, फिल्म यात्रा र विविध पक्ष समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ भदौमा सार्वजनिक हुने भएको छ। पुस्तक प्रकाशक फाइनप्रिन्टका अनुसार पुस्तकको तयारी अन्तिम चरणमा पुगेको छ र दसैंको अवसरमा पाठकका लागि विशेष उपहार हुने अपेक्षा छ।
सोमबार अभिनेता हमालको ६१ औं जन्मदिनको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत पुस्तकको कभर सार्वजनिक गरियो। हमाल र फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले संयुक्त रूपमा आवरण अनावरण गरे।
‘यो बहुप्रतीक्षित र महत्वाकांक्षी साहित्यिक क्षण हो,’ भारीले भने, ‘पुस्तक प्रकाशनको घोषणाले हामीलाई उत्साहित बनाएको छ। लामो समयदेखि तयारीमा रहेको यो पुस्तक हमालका प्रशंसक र नेपाली साहित्य प्रेमीका लागि पनि विशेष हुनेछ।’
हमालको ३५ वर्ष लामो फिल्म करिअर, अहिलेसम्म सार्वजनिक नभएको उनको व्यक्तिगत जीवन, परिवार एवम् समाज र अन्य विभिन्न विषय पुस्तकमा समेटिएको छ।
पुस्तक पत्रकार तथा लेखक यज्ञशसँगको सहकार्यमा तयार पारिएको हो।
जेठ २६, २०८२ सोमबार १९:४०:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।