भिजिट भिसा प्रकरणमा सहमतिका लागि यस्ता छन् रास्वपाका पाँच प्रस्ताव

भिजिट भिसा प्रकरणमा सहमतिका लागि यस्ता छन् रास्वपाका पाँच प्रस्ताव

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा सहमतिका लागि पाँच बुँदे सहमति प्रस्ताव अघि सारेको छ। 

रास्वपाले मानव तस्करी, सरकारी संयन्त्रको मिलेमतो, र अन्तर्राष्ट्रिय छविमा परेको धक्काको सन्दर्भमा गम्भीर र निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ।

रास्वपाको प्रस्तावले मानव तस्करी तथा भिसा दुरुपयोगका मुद्दामा दलीय हैसियतभन्दा माथि उठेर साझा जिम्मेवारीमा आधारित छानबिन आवश्यक रहेको औँल्याएको छ। 

रास्वपाले संसदमा प्रस्तुत गरेको प्रस्तावमा छानबिन समितिको कार्यक्षेत्र, संरचना, व्यवस्थापन र अधिकार निर्धारण गर्न एक दिने कार्यसम्पादन समिति गठन गर्ने, र त्यस समितिले पाँच दिनभित्र छानबिन कार्यविधि तयार गरी समिति गठन गरी काम सुरु गर्नुपर्ने उल्लेख छ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयमा गरिरहेको भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा सरकारले कुनै हस्तक्षेप नगरी पूर्ण सहयोग र सहजीकरण गर्नुपर्ने प्रस्ताव पनि गरिएको छ।

छानबिन प्रक्रिया, अनुसन्धान र अध्ययन प्रतिवेदन सार्वजनिक गर्दा पारदर्शिताको उच्च मापदण्ड अपनाउनुपर्नेमा पनि रास्वपाले जोड दिएको छ।

भिजिट भिसाको नाममा मानव तस्करी भएको आरोप लगाउँदै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरू १३ जेठदेखि प्रतिनिधिसभा अवरुद्ध गर्दै आएका छन्।

यस्ता छन् रास्वपाका पाँच प्रस्तावः

जेठ २६, २०८२ सोमबार १७:१५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।