राष्ट्रियसभाबाट पारित भयो पानीजहाज विधेयक, २०८१

काठमाडौं : पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ।
सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रस्तुत गरेको विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सभाले समर्थन गर्दै अनुमोदन गरेको हो।
यसअघि, ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको थियो। छलफलमा सांसदहरू सुरेशकुमार आले मगर, रुक्मिणी कोइराला, तारामान स्वाँर, डा. बेदुराम भुसाल र विष्णुबहादुर विश्वकर्मा सहभागी भएका थिए।
छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री दाहालले यो विधेयकले आन्तरिक जलमार्गमा जलयान सञ्चालनको कानुनी आधार तयार गर्ने र समुद्रसम्मको सम्भावित पहुँचको ढोका खोल्ने विश्वास व्यक्त गरे।
जेठ २६, २०८२ सोमबार १६:४१:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।