इनड्राइभले गर्‍यो काठमाडौंमा आफ्नो पहिलो आधिकारिक कार्यालयको उद्घाटन

इनड्राइभले गर्‍यो काठमाडौंमा आफ्नो पहिलो आधिकारिक कार्यालयको उद्घाटन

काठमाडौं : नेपालमा लोकप्रिय बन्दै गएको राइड–हेलिङ एप इनड्राइभले काठमाडौंमा आफ्नो पहिलो आधिकारिक कार्यालय उद्घाटन गरेको छ।

ड्राइभर पार्टनरहरूलाई सहयोग, तालिम, र समर्थन प्रदान गर्नेछ भने स्थानीय यात्रुहरूको अनुभव सुधार गर्ने उद्देश्यले कार्यालय खोलेको बताइएको छ। 

इनड्राइभका एपीएसी क्षेत्रीय निर्देशक मार्क टोलीले यो कार्यालयले समुदाय–केन्द्रित सेवा, पारदर्शिता, र चालक सशक्तीकरणमा ठूलो भूमिका खेल्ने बताए।

इनड्राइभ नेपालकी निर्देशक रीता पोखरेलले नेपाली बजारमा इनड्राइभको प्रतिबद्धता झल्किने बताउँदै यो कार्यालय विश्वास, संवाद र सहकार्यको केन्द्र बन्ने विश्वास व्यक्त गरिन्।

इनड्राइभले उचित मूल्य निर्धारण र प्रयोगकर्ता–मैत्री मोडेलमार्फत छोटो समयमा नेपाली यात्रु र चालक समुदायको मन जित्न सफल भएको छ।

जेठ २६, २०८२ सोमबार १५:३३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।