नेपालमा बीएमडब्लू आइएक्स-२ सार्वजनिक

नेपालमा बीएमडब्लू आइएक्स-२ सार्वजनिक

काठमाडौं : नेपालमा लक्जरी गाडी बीएमडब्लू आइएक्स २ सार्वजनिक भएको छ।

लक्ष्मी प्रिमियम मोटर्सले सोमबार राजधानी काठमाडौंमा जर्मन कार निर्माता कम्पनी बीएमडब्लूको नयाँ इलेक्ट्रिक स्पोर्ट्स एक्टिभिटी भेइकल बीएमडब्लू आइएक्स २ सार्वजनिक गरेको हो।

स्मार्ट डिजाइन र अत्याधुनिक प्रविधिसँगै बजारमा प्रवेश गरेको यो गाडीले पर्यावरणमैत्री, शक्तिशाली र स्टाइलिस सवारी खोज्ने ग्राहकहरूलाई लक्षित गर्दै आएको छ। बीएमडब्लू आइएक्स २ ले १५० किलोवाटसम्मको पावर उत्पादन गर्छ र एकपटकको चार्जमा ४३० देखि ४७५ किलोमिटर दूरी पार गर्न सक्नेछ।

बीएमडब्लूको पाँचौँ पुस्ताको इड्राइभ प्रविधिमा आधारित यो गाडीमा ६६.५ किलोवाट क्षमताको हाई–भोल्टेज ब्याट्री जडान गरिएको छ, जसले कम उर्जा खपत गर्दै वातावरणमा शून्य उत्सर्जन सुनिश्चित गर्छ।

यसले ८.६ सेकेन्डमा ०–१०० किमी/घण्टाको स्पीड समात्न सक्छ भने अधिकतम गति १७० किमी/घण्टा रहेको छ।
काठमाडौंको तीनकुनेस्थित आफ्नो अत्याधुनिक शो–रुमबाट लक्ष्मी प्रिमियम मोटर्सले बीएमडब्लूका एक्स १,  एक्स २, एक्स ३, एक्स ५ लगायतका मोडल उपलब्ध गराउँदै आएको छ। नयाँ बीएमडब्लू आइएक्स २ को आगमनले प्रिमियम इलेक्ट्रिक सवारी साधनमा बीएमडब्लूको उपस्थिति थप सशक्त बनाएको कम्पनीले जनाएको छ। 

जेठ २६, २०८२ सोमबार १५:१९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।