२३ वर्षीया युवती बलात्कारको आरोपमा ५३ वर्षीय पुरुष पक्राउ

२३ वर्षीया युवती बलात्कारको आरोपमा ५३ वर्षीय पुरुष पक्राउ

पाँचथर : २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

फालेलुङ गाउँपालिका-७ पापुङदेन बस्ने ५३ वर्षीय रत्न कुमार आङवोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

रत्न कुमारले ती युवतीलाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

पीडित युवतीलाई स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्था पठाइएको छ भने प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

जेठ २६, २०८२ सोमबार १३:५७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।