अनर ४०० फाइभजी सगरमाथाबाट सार्वजनिक, प्रि-बुकिङ सुरू

काठमाडौं : ग्लोबल एआई डिभाइस इकोसिस्टम कम्पनी अनरले आफ्नो नयाँ अनर ४०० फाइभजी सिरिजलाई विश्वको सर्वोच्च शिखर सगरमाथाबाट सार्वजनिक गरी इतिहास बनाएको छ। सगरमाथाबाट सार्वजनिक हुने यो विश्वकै पहिलो स्मार्टफोन हो।
अनर ४०० फाइभजी सिरिज कुनै पनि उचाइमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम रहेको कम्पनीले जनाएको छ। यो स्टाइलिश डिजाइन, शक्तिशाली एआई सुविधाहरू र फ्ल्यागशिप स्तरका क्यामेराको संयोजनमा आधारित छ, जसले बेजोड प्रयोगकर्ता अनुभव प्रदान गर्ने दाबी गरिएको छ।
२०० मेगापिक्सेलको अल्ट्रा-क्लियर एआई मुख्य क्यामेरा रहेको फोनमा एआई क्रिएटिभ एडिटिङ, स्न्यापड्र्यागन एट जेन थ्री प्रोसेसर, ६००० एमएएच ब्याट्री, १०० वाट चार्जिङ सपोर्ट तथा आईपी६८ र आईपी६९ पानी प्रतिरोध क्षमता छ।
एआईले सशक्त बनाएको फोटोग्राफी, उच्च प्रदर्शन र आकर्षक डिजाइनसहितको अनर ४०० फाइभजी सिरिजले स्मार्टफोन नवप्रवर्तनको सीमालाई फराकिलो बनाएको कम्पनीको दाबी छ।
काठमाडौंको हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा सेलट्रन नेपालका प्रमुख कार्यकारी अधिकृत राहुल राठीले अनर ४०० फाइभजी सिरिजको नेपालमा प्रि-बुकिङ आजैबाट सुरू भएको घोषणा गरे।
प्रि-बुकिङ गर्ने ग्राहकहरूलाई विशेष निःशुल्क अफरहरू प्रदान गरिनेछ। यस फोनको पहिलो बिक्री २०८२ असार २ गते (१६ जुन २०२५) बाट सुरू हुनेछ।
जेठ २६, २०८२ सोमबार १३:२३:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।