बेगनास तालमा बेपत्ता पुरुषको शव ३५ फिट गहिराइबाट निकालियो

पोखरा : कास्की जिल्लाको पोखरा महानगरपालिका-३१ माझीकुनास्थित बेगनास तालमा जेठ २५ गते साँझ बेपत्ता भएका एक पुरुषको शव सोमबार बिहान तालको करिब ३५ फिट गहिराइबाट निकालिएको छ।
गोरखा जिल्लाको शहीदलगन गाउँपालिका-३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ पौडी खेल्ने क्रममा जेठ २५ गते साँझ साढे ७ बजे बेपत्ता भएका थिए। उनी पोखरा घुम्न आई लेकवेभ होटलमा बस्दै आएका थिए।
सशस्त्र प्रहरी बल नेपालको नं. २४ कालिका गण कास्कीबाट खटिएको सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा रहेको गोताखोरसहितको टोलीले बेपत्ता श्रेष्ठको शव सोमबार बिहान १० बजे फेला पारेको थियो।
जेठ २६, २०८२ सोमबार १२:४८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।