वीरगञ्जमा बजाजको ‘माइलेज च्याम्पियन’, ९२ किलोमिटर गुडाएर प्रिन्स बने पहिलो

वीरगञ्ज : वीरगञ्जको बौहरवा भाटीमा शनिबार ‘माइलेज च्याम्पियन २०२५’ नामक इन्धन दक्षता प्रतियोगिता भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
रिशव इम्पेक्सको आयोजनामा सम्पन्न कार्यक्रममा ७० जना प्रतिस्पर्धीले एक लिटर पेट्रोलमा अधिकतम दूरी पार गर्ने प्रतिस्पर्धामा भाग लिएका थिए।
कार्यक्रम अवधिभर करिब ४०० भन्दा बढी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रिन्स पटेलले १ लिटर पेट्रोलमा ९२ किलोमिटर दूरी तय गर्दै पहिलो स्थान हासिल गरे।
हिराल मुखिया ८७ किलोमिटर माइलेजसहित दोस्रो तथा संजित कुमार गुप्ता ७२ किलोमिटर दूरी पार गर्दै तेस्रो स्थानमा रहे।
रिशव इम्पेक्सका प्रतिनिधिका अनुसार, ‘यस किसिमका कार्यक्रमहरूले इन्धनको प्रभावकारी प्रयोग, दिगो सवारी चलन र जनचेतना विस्तारमा महत्वपूर्ण योगदान पुर्याउनेछन्।’
कम्पनीले सहभागी, दर्शक, आयोजक र सहकार्यकर्ता सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरू अझ परिस्कृत रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
जेठ २६, २०८२ सोमबार ११:१७:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।