सामसङ इन्ष्टा फाइनान्समार्फत टिभी र होम एप्लायन्स किन्न अब झन् सजिलो

सामसङ इन्ष्टा फाइनान्समार्फत टिभी र होम एप्लायन्स किन्न अब झन् सजिलो

काठमाडौं : सामसङ नेपालले आफ्ना ग्राहकका लागि इन्ष्टा फाइनान्स सेवामार्फत टेलिभिजन तथा होम एप्लायन्स किन्न अझ सहज र सरल बनाएको छ।

अब ग्राहकले केवल आफ्नो नागरिकता प्रमाणपत्र मात्र देखाएर स्यामसङ टिभी तथा होम एप्लायन्स किन्न सक्ने भएका छन्। यसअघि यस्तो सेवा लिनका लागि कागजी प्रक्रिया तथा बैंकका फाइनान्स सहमतिमा समय लाग्ने अवस्था थियो।

नयाँ योजनाअनुसार ग्राहकले २-२ वटा पासपोर्ट साइजको फोटो, नागरिकताको प्रमाण र फारम बुझाएपछि एक घण्टाभित्रै सामान घर लैजान सक्नेछन्।

यस सुविधा अन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा दुई महिनासम्म किस्ताबन्दी सुविधा पाउनेछन्। साथै सेवा सुरु गर्न कुनै अग्रिम रकम तिर्नु नपर्ने स्यामसङ नेपालले जनाएको छ।

यस योजना जेठ ११ गतेदेखि लागु हुने र ३० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने पनि कम्पनीले स्पष्ट पारेको छ। यस सुविधामार्फत न्यूनतम मूल्यको टिभी वा होम एप्लायन्स खरिद गर्न सकिनेछ।

सामसुङले उक्त सुविधा नेपालभरिका ग्राहकहरूलाई लक्षित गर्दै सुरु गरेको हो। कम्पनीका अनुसार सामसङ इनष्टा फाइनान्स सेवा देशभर २०० भन्दा बढी सामसङ स्टोरहरूमा उपलब्ध हुनेछ।

जेठ २६, २०८२ सोमबार ११:१२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।