दराजको ६.६ मेगा मिड इयर सेल घोषणा

काठमाडौं : नेपालको अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले ६.६ मेगा मिड इयर सेलको घोषणा गरेको छ।
जेठ २३ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने यस सेलमा ग्राहकहरूले ८० प्रतिशतसम्मको भारी छुट, निःशुल्क होम डेलिभरी र १ करोड रुपैयाँ बराबरका भौचरहरूको लाभ लिन सक्नेछन्।
सेलमा विभिन्न ब्रान्डका उत्पादनहरूमा फ्ल्याट ६६ प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ। ६.६ को विशेष आकर्षणका रूपमा मध्यरात, बिहान ८ बजे, ११ बजे, दिउँसो ३ बजे र राति ८ बजे गरी दिनमा पाँच पटक फास्ट फिङ्गर फ्ल्यास सेल्स सञ्चालन हुनेछ, जहाँ ६ रुपैयाँमा सीमित उत्पादनहरू किन्न सकिनेछ।
ग्राहकहरूले एड टु कार्ट र विन एण्ड बाइ मार्फत आकर्षक उपहारहरू पनि जित्न सक्नेछन्। दराजले आफ्नो बेस्ट प्राइस ट्याग रहेका उत्पादनहरूमा नेपालका अन्य अनलाइन प्लेटफर्ममा सस्तो पाएमा मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्ने ग्यारेन्टी पनि दिएको छ।
जेठ २६, २०८२ सोमबार ०८:३४:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।