सन्दीपको बलिङ नचल्दा स्कटल्यान्डले नेपाललाई दियो ३२४ रनको चुनौती

काठमाडौँ : स्कटल्यान्डले नेपाललाई जितका लागि ३ सय २४ रनको चुनौती दिएको छ। आइसिसी पुरुष विश्वकप लिग-२ मा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २४ रन बनायो।
स्कटल्यान्डका लागि कप्तान रिची बेरिङटनले मात्र १ सय १४ बलको सामना गर्दै ६ चौका र ४ छक्काको मद्दतले १ सय २ रन बनाएका थिए। उनले माइकल लिस्कसँग मिलेर १ सय २५ रनको साझेदारी गरे।
माइकल लिस्कले पनि ६२ बलमा ९६ रन बनाए। उनले १२ चौका र ३ छक्का प्रहार गरेका थिए। ओपनर चार्ली टियरले ६५ बलमा ६८ रन बनाए। फिन्ले म्याक्रिथले २३ बलमा १७ रन बनाए। मार्क वाटले ९ बलमा २१ रन बनाए।
नेपालका लागि करन केसी र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिएका थिए। ललित राजवंशीले १० ओभरमा ४१ रन खर्चेर १ विकेट लिए। सन्दीप लामिछानेले १० ओभरमा ६९ खर्चेर कुनै विकेट लिन सकेनन्।
नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको थियो। दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध ५ विकेटले हराएको थियो।
जेठ २५, २०८२ आइतबार २०:००:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।