त्रिवि क्रिकेट रंगशालाको काम हेर्न आफैँ निरीक्षणमा पुगे प्रधानमन्त्री ओली

त्रिवि क्रिकेट रंगशालाको काम हेर्न आफैँ निरीक्षणमा पुगे प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान कामको प्रगतिबारे स्थलगत निरीक्षण गरे।

प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रूपमा तीन सय दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान गर्ने घोषणा गरेका थिए। काम सुरु भए पनि तोकिएको दिनमा भने काम सकिएन।

प्रधानमन्त्री ओली आइतबार उपप्रधानमन्त्री प्रकाशमान सिंह, शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलसहित लिएर अहिलेसम्म भएका काम र त्यसको प्रगति बुझ्न रङ्गशाला गएका थिए।

प्रधानमन्त्री ओलीले गत वैशाख २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा डाकेर सम्बन्धित अधिकारी र व्यवसायीसँग कार्यप्रगतिबारे छलफल गरी आगामी दुई महिनाभित्र काम सक्न निर्देशन दिएका थिए।

प्यारापिट र फ्लडलाइट जडान कामका लागि फरक फरक ठेकेदार कम्पनीसँग पुस १९ र २२ गते सम्झौता भएको थियो।

जेठ २५, २०८२ आइतबार १७:५६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।